चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९८.२१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६३ लाख ५४ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा पनि ऋणात्मकबाट धनात्मक भएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९ लाख १६ हजार रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २४३.५२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३७ लाख ११ हजार रुपैयाँ ऋणात्मकबाट ८५ लाख ९१ हजार रुपैयाँ धनात्मक भएको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २४ रुपैयाँ १७ पैसा ऋणात्मकबाट १ रुपैयाँ ६७ पैसा धनात्मक भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०३.२९ गुणा रहेको छ।
२२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ७० लाख रुपैयाँ ऋणात्मक छ।
