पञ्चकन्याका दुवै उद्योगलाई आयोगले अन्तरिम आदेश दिएन, प्राधिकरणलाई १५ दिन भित्र हाजिर हुन आग्रह

Nov 17, 2025 01:18 PM merolagani



पञ्चकन्या स्टील प्रालि र पञ्चकन्या प्लाष्ट्रिक इन्डष्ट्रि प्रालिले दर्ता गराएको उजुरीउपर विद्युत् नियमन आयोगले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

ट्रंक तथा डेडिकेटेड लाइनबाट विद्युत् सप्लाइ लिइ उपभोक्तालाई बक्यौता विद्युत् महशुल बुझाउने अन्यायपूर्ण निर्णय खारेजीको माग गर्दै ती उद्योगले उजुरी दिएका थिए ।

दुवै उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई बिपक्षी बनाइ आयोगमा दर्ता गराएको उजुरीको आइतबार फैसला आएको हो । दुवै उद्योगले गत कात्तिक २० गते आयोगमा अन्तरिम आदेशको माग गर्दै प्राधिकरणविरुद्ध उजुरी दिएको थियो ।

तर, दुबै उद्योगको उजुरी उपर आयोगले अन्तरिम आदेश जारी नहुने भन्दै फैसला सुनाएको हो । त्यस्तै, आयोगले १५ दिनभित्र सम्पूर्ण विवरणसहित उपस्थिति हुन प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।