
मन्त्रालयले साउनदेखि असोज मसान्तसम्मको अवधिमा परिक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित सो अवधिमा करिब ४ सय मेगावाट बिजुली थप उत्पादन गरेको हो ।
मन्त्रालयका अनुसार,हालसम्म प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुगेको छ । ९९ प्रतिशत जनसंख्यामा विद्युतकाे पहुँच पुगेको छ भने विद्युत् चुहावट १२.७३ प्रतिशत रहेको जनाइएको छ ।
त्यस्तै, तीन महिनाको अवधिमा प्रसारण लाइन निर्माण र विस्तारमा समेत काम भएको मन्त्रालयले जनाएको छ । तथ्यांकअनुसार, हालसम्म ६६ केभीए माथिका करिब ७ हजार १ सय ९७ सर्किट किलोमिटर प्रसारण लाइन तथा १४ हजार १२३ एमभीए क्षमताको सवस्टेशन समेत निर्माण भएका हुन् ।