सरकारको वार्षिक राजस्व संकलन लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । गत वर्ष कार्तिकसम्म ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा ३ खर्ब २९ अर्ब २ करोड रुपैयाँ संकलन भएको थियो ।
महिनागत रुपमा कार्तिक महिनामा १ खर्ब ३ खर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा कार्तिक महिनामा मात्रै चालु आवमा ७८ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।