पछिल्लो पटक अद्यावधिक गरेको तथ्यांकअनुसार उत्पादन तथा प्रशोधन समूह अन्तर्गत एनसी एग्रोटक इन्डस्ट्रिज लिमिटेड, दाउन्ने एग्रो फार्म लिमिटेड र जस्मिन पेन्टस लिमिटेडले बोर्डमा आवेदन दर्ता गराएका छन् भने लघु बीमा समूह अन्तर्गत प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको लागि आवेदन दिएका छन् । सबै कम्पनीहरुले १ सय रुपैयाँ अंकित मूल्यमै आईपीओ निष्काशनको लागि आवेदन दिएका हुन।
सेबोनका अनुसार एनसी एग्रोटक इन्डस्ट्रिज लिमिटेडले १८ लाख ७५ हजार कित्ता, दाउन्ने एग्रो फार्मले १२ लाख ५० हजार कित्ता, जस्मिन पेन्टसले १० लाख कित्ता र ३ वटै लघु बीमा कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएका हुन्।