काठमाण्डुका लागि वेन चाल्र्सवर्थले सर्वाधिक ४६ रन बनाए । आकाश त्रिपाठीले ३९, भीम सार्की ३, मिलिन्द कुमार १९, जोन सिम्पसोन १३ तथा मोहम्मद आदिल आलम अविजित ८ रन बनाए ।
बलिङमा जनकपुरका किशोर महत्तो, अनिलकुमार शाह, ललित राजवंशी, जान निकोल लोफ्टी इन्र्टन र सञ्जय कृष्णमूर्तिले एकएक विकेट लिए ।
त्यसअघि पहिलो ब्याटिङले गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि ओपनर आसिफ शेखले अर्धशतक पूरा गरे । उनले ४१ बलमा ५४ रन बनाए ।
ओपनर लाहिरु मिलान्था ७, कप्तान अनिलकुमार शाह ०, जान निकोल लोफ्टी इन्टोन २, सञ्जय कृष्णमूर्ति २ र लाहिरु सिमारकून २२ रन बनाएर आउट भए । मयन यादव ३४ र रुपेश सिंह ४ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका मिलिन्दले १५ रन खर्चेर ३ विकेट लिए । करण केसी, शाहव आलम र सन्तोष यादवले एकएक विकेट लिए ।