नासा सेक्युरिटिजले आफ्नो ट्रेडिङ्ग सिस्टममा ल्यायो नयाँ धमाकेदार फिचर - Naasa X - Pro Chart

Nov 18, 2025 07:19 AM Merolagani



शेयर बजारको एक जल्दो - बल्दो नाम र आधुनिक प्रविधिले सबैमा लोकप्रिय बन्न सफल नासा सेक्युरिटिजले अब आफ्ना ग्राहकहरुका लागि ट्रेडिङ्ग सिस्टममा एउटा अत्याधुनिक र अत्यन्त आकर्षक फिचर ल्याएको छ। यसलाई नासाले Naasa X – Pro Chart नाम दिएको छ।

यो एउटा यस्तो विश्वसनीय फिचर हो जुन अन्तर्राष्ट्रिय शेयर बजारमा एकदमै रुचाइएको छ। अन्तर्राष्ट्रिय शेयर बजारमा शेयर खरिद -बिक्री गर्न, position track गर्न, र द्रुत गतिमा प्राविधिक विश्लेषण गर्नको लागि परिचित यस फिचरलाई, नासाले नेपालमै पहिलो पटक आफ्ना ग्राहकहरुको लागि ट्रेडिङ्ग सिस्टम – Naasa X मा निःशुल्क उपलब्ध गराएको हाे। 

Naasa X – Pro Chart ले विभिन्न टेक्निकल चार्ट र विश्लेषणका मध्यमहरुमा कुनै शुल्क तिरेर Subscribe गर्नु नपर्ने सुबिधा ल्याएका कारण , ग्राहकमा निक्कै सहजता र हर्षको माहोल बनेको कम्पनीले बताएकाे छ। यस चार्ट ट्रेडिङ्ग फिचरमार्फत, ग्राहकले अब सजिलैसंग चार्टमा आफुले चाहेको शेयरको गतिबिधि हेर्नका साथै, एकै पटक ८ ओटा सम्म Script को चार्ट हेर्न र विश्लेषण गर्न सक्नेछन्। 

Pro Chart मार्फत शेयर कारोबारका अन्य क्रियाकलाप, जस्तै, Fund Load गर्ने र आफ्नो Holding Report हेर्न पनि सकिनेछ। जसमार्फत ग्राहकले सजिलै संग आफ्नो कोलेट्रल बारे जानकारी लिन र बैंक मार्फत कोलेट्रल लोड गर्नका साथै आफ्नो खातामा भएका शेयरका बारेमा जानकारी लिन सहज बनाइएको कम्पनीकाे भनाइ छ।

Naasa X – Pro Chart को सबै सुबिधा बारे थप जानकारी प्राप्त गर्नका लागि नासाले भिडियो Tutorial पनि उपलब्ध गराएको छ। नासामा अब उपरान्त आबद्ध भई Naasa X तथा Naasa X – Pro Chart का सम्पूर्ण सुविधाको लाभ लिन नासा सेक्युरिटिजमा आबद्ध हुनका लागि पनि नासाले सबैमा आह्वान गरेको छ।