एनपीएलः आज दुई खेल हुँदै

Nov 18, 2025 09:08 AM Merolagani



हिजोदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको दोस्रो दिन, आज दुई खेल हुँदैछ। यस दिन चितवन राइनोज र कर्णाली याक्स बीच खेल हुँदैछ।

दिउँसो ११ः४५ देखि शुरु हुने आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सको सामना गर्नेछ। त्यस्तै, विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच साँझ ४ बजे खेल हुनेछ।

  चितवन राइनाेजमा विदेशी अनुभवी खेलाडी डेविड मलान, रवि भोपारा र सोहेल तनवीर छन्। त्यस्तै, कर्णालीमा प्रियांक पञ्चालदेखि नजिबुल्लाह जद्रानसम्मको बलियो विदेशी खेलाडी छन्।

दाेस्राे खेलमा फाफ डु प्लेसिस, मार्टिन गप्टिलजस्ता विश्वस्तरीय खेलाडी विराटनगर किंग्सको तर्फबाट मैदानमा उत्रनेछन् भने पोखराका लागि जिम्मी निसम र जेसन रोयले खेल्नेछन्।