दुर्गा प्रसाईं कम्तिमा ४ दिन प्रहरी हिरासतमा बस्नु पर्ने

Nov 18, 2025 02:39 PM Merolagani



मेडिकल व्यवसायी दुर्गा प्रसाईं कम्तिमा पनि ४ दिन प्रहरी हिरासतमा बस्नु पर्ने भएकाे छ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएसँगै उनी कम्तिमा ४ दिन हिरासतमा बस्नु पर्ने भएकाे हाे । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४ दिनको म्याद दिएपछि उनी हिरासतमा बस्ने भएका हुन् ।

प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तीव्र पारेका थिए ।