कर्णालीसँगको रोमान्चक खेलमा चितवन राइनोज विजयी

Nov 18, 2025 03:31 PM mero lagani



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार भएको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । कर्णाली याक्ससँगको रोमाञ्चक खेलमा चितवन चार विकेटले विजयी भएको हो ।

कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच विकेटको क्षतिमा ५ बल बाँकी छदै पूरा गरेको हो।

चितवनका लागि रवि बोपाराले ५२, दीपक बोहराले ४२, सैब जैबले ३८, कुशल मल्लले २० रन बनाएका थिए । कर्णालीका लागि सोमपाल कामीले दुई, उनिस सिंह र युवराज खत्रीले एक–एक विकेट लिएका थिए।

यसअघि ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा १६६ रन बनाएको थियो। कर्णालीका लागि प्रियांक पञ्चालले ९०, पवन सर्राफले २७, म्याक्स उडले २० र मार्क वाटले १६ रन बनाएको थियो ।

चितवनका लागि सोहैल तनविर, सैफ जैब र रवि बोपाराले एक–एक विकेट लिएका थिए।