मंगलबार प्रभावित क्षेत्र बञ्चरेडाँडा र सिसडोलका स्थानीयले पत्रकार सम्मेलन गर्दै सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएर ढाँटेको भन्दै फोहोर बिसर्जन पुनः रोक्ने बताएका हुन् ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गरिदिने प्रतिवद्धता जनाएका थिए । त्यस लगत्तै स्थानीयले फोहोर विसर्जन गर्न अवरोध नगरे पनि माग पूरा गर्न सरकार चुकेको भन्दै पुनः फोहोर फाल्न नदिने उनीहरुले घोषणा गरेका हुन् ।
यसअघि त्यहाँका स्थानीयले गत १२ कात्तिकमा फोहोर विसर्जन रोकेका थिए ।