विदेशमा बस्ने नेपालीका लागि आउने भयो रेमिट हाईड्रो, लगानी गर्ने हैन त ?

Feb 24, 2015 Mero Lagani



 

तपाई बैदेशिक रोजगारीमा हुनुहुन्छ र आफुले रगत पसिना बगाएर नेपाल पठाएको रकम बिलासिताका बस्तु खरिद र फजुल खर्चमा गईरहेको छ भने तपाईलाई त्यसको सही सदुपयोग गर्ने अबसर चाडै नै आउन लागेको छ ।

तपाईले बिदेशमा मेहनतले कमाएको रकमलाई जलविद्युत उत्पादनमा लगाउने योजना सरकारले बनाएर एउटा ठूलो योजना निर्माणको काम सुरु गर्दैछ ।

 

 

 

 

बर्षभरिमा नेपाल भित्रिने छ खर्ब भन्दा बढी रकमबाट एकसय तीस मेगावाटको विद्युत आयोजना बनाउने गरी सरकार नियन्त्रित जलविद्युत लगानी तथा बिकास कम्पनीले अर्को सहायक कम्पनी रेमिट हाईड्रो लिमिटेड स्थापना गरेको छ । नयाँ कम्पनीले ताप्लेजुङको घुन्सामा बनाईने १३० मेगावाटको जलविद्यूत आयोजना निर्माण गर्नेछ । त्यसमा विदेशमा रहेका नेपालीले २४ प्रतिशत शेयर लगानी गर्न पाउने निश्चित भएको छ । यसमा  लगानी गर्नेले जीवनभर आकर्षक प्रतिफल दिईरहने ग्यारेन्टी पनि कम्पनीले गर्ने छ । 

घुन्सा सिम्बुवा जलविद्युत आयोजनाको नामले निर्माण हुने सो आयोजनामा जलविद्युत बिकास कम्पनीको ५१ प्रतिशत, स्थानीयबासीले १५ र सर्वसाधारणले १० प्रतिशत शेयर पाउने छन् । आयोजनाको पूर्व संभाब्यता अध्ययन पुरा भएको र चाडै नै रेमिट हाईड्रोको नाममा उत्पादन अनुमति प्राप्त गर्न प्रक्रिया अगाडि बढाईएको कम्पनीले जनाएको छ ।

विदेशिएका सत्तरी लाख भन्दा बढी नेपालीबाट पं्राप्त हुने यस्तो रकम अनुत्पादक क्षेत्रहरुमा खर्च भईरहेकोले उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने आबाज लामो समयदेखि उठ्दै आएको थियो ।

अर्कोतर्फ जलविद्युत लगानी तथा बिकास कम्पनीले आफ्नो शेयर पूँजी १० अर्ब पुर्याउँन चाडै नै दुई अर्ब रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणका लागि निश्काशन गर्दै छ । त्यो पनि विदेशमा बस्ने नेपालीहरुका लागि लगानीको उत्तम अबसर हुनेछ ।
नेपालमा जलविद्युत उत्पादन बढाउँन तत्कालीन उर्जामन्त्री गोकर्ण बिष्टको अवधकारण अनुसार स्थापना भएको जलविद्युत कम्पनीले आफ्नै नेतृत्व भने अहिलेसम्म एउटा पनि आयोजना निर्माण थालेको छैन । कम्पनीले बिभिन्न सात वटा आयोजनामा सहकार्य गरी तीन अर्ब रुपैयाँ लगानी भने गरेको छ । कम्पनीसँग अझै आठ अर्ब भन्दा बढी लगानी गर्ने रकम रहे पनि त्यसलाई बैंकमा राखेर ब्याज मात्रै आम्दानी गरिरहेको छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।