२०२६ जनवरी ५ मा महिन्द्राको एक्सयूभी सेभेनएक्सओ एसयूभीले विश्व बजारमा डेब्यू गर्ने, यस्ता छन् विशेषता र सुविधा

Dec 10, 2025 03:40 PM merolagani



महिन्द्रा एण्ड महिन्द्राले आगामी २०२६ जनवरी ५ मा आफ्नो नयाँ एसयूभीएक्सयूभी सेभेनएक्सओ (XUV7XO) डेब्यू गर्ने तयारी गरेको छ । त्यसअनुसार कम्पनीले हालै महिन्द्रा XUV7XO को टिजर समेत सार्वजनिक गरेको छ ।

टिजरमा नयाँ डिजाइनमा बनाइएको एसयूभीमा हेडल्याम्पहरु, परिमार्जित फ्रन्ट ग्रिल र कनेक्टेड हेडल्याम्पहरु देखाइएको छ । यो एसयूभीमा इन्जिन सेटअपलाई कायम राख्दै उल्लेखनीय रुपमा स्टायलिङ अपडेट तथा सुविधामा वृद्धि गरिएको छ ।

यस एसयूभीमा नयाँ डिजाइनमा एरो अप्टिमाइज गरिएको एलोय ह्रीलहरु पनि हुनेछन् । यद्यपी, साइड प्रोफाइल भने अपरिवर्तीत हुने कम्पनीको दाबी छ । यो एसयूभीका अन्य विवरणहरु आधिकारीक रुपमा खुलासा गरिएको छैन् ।

 

तथापी, प्रिमियम हरमन कार्डन अडियो प्रणाली, पछाडिको सिट मनोरञ्जनको लागि BYOD सुविधा र अटो डिमिङ IRVM जस्ता सुविधाहरू पनि प्याकेजको हिस्सा हुन सक्छन्।