रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Dec 16, 2025 09:41 AM Merolagani



पुस १ गते, मंगलबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। यी सबै आवेदनहरु स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ४६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दरले बाँडफाँट गरिएको छ। यस अनुसार २ हजार ३११ जनामध्ये ४६ जनाले ५१ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।