अघिल्लो कारोबार दिन अर्थात सोमबार ६.७४ अंक बढेर २६०१.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१९ अंक बढेर २६०१.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.११ अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा ४२ स्टकको ६९ पटकको कारोबारमा १७ लाख ५४ हजार ७१२ रुपैयाँबराबरको २ हजार ८२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।