प्रि ओपन सेसन अपडेटः करिब १ अंक घट्यो नेप्से

Dec 11, 2025 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५.०३ अंक घटेर २६०९.०३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९२ अंक घटेर २६०८.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५९ स्टकको ९० पटकको कारोबारमा १ करोड ४३ लाख १ हजार ६२५ रुपैयाँ १० पैसाबराबरको ३४ हजार ६४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ३७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।