प्रि ओपन सेसन अपडेटः करिब साढे ४ अंक बढ्यो नेप्से

Mar 01, 2026 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ६.०३ अंक बढेर २६५४.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.३८ अंक बढेर २६५९.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.५६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ६९ स्टकको ११४ पटकको कारोबारमा ११ करोड ६५ लाख ७८ हजार ४०१ रुपैयाँ ६० पैसाबराबरको १ लाख ५४ हजार ७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने ३९ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।