प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

Apr 09, 2026 10:54 AM Merolagani



बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४५.१२ अंक बढेर २८०२.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६५ अंक बढेर २८०५.१८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.११ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४६ स्टकको १०९ पटकको कारोबारमा ४८ लाख ४ हजार ८२३ रुपैयाँ ५९ पैसाबराबरको ५ हजार ५१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।