अघिल्लो कारोबार दिन अर्थात बिहीबार ४८.७१ अंक बढेर २८५१.२४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.५२ अंक बढेर २८५७.७६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९४ अंक बढेको छ।
शुक्रबार प्रि ओपन सेसनमा ६४ स्टकको १४९ पटकको कारोबारमा ३३ लाख २९ हजार १९५ रुपैयाँ ४० पैसाबराबरको ५ हजार ३०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी १२ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।