प्रि ओपन सेसन अपडेटः करिब १७ अंक बढ्यो नेप्से

Feb 26, 2026 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १०.३० अंक बढेर २६४८.९० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.८९ अंक बढेर २६६५.७९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.९४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७२ स्टकको ९९ पटकको कारोबारमा १ करोड ६५ लाख २७ हजार ४०५ रुपैयाँ ४० पैसाबराबरको २१ हजार १५७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४४ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।