प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक घट्यो नेप्से

Feb 24, 2026 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २.४१ अंक बढेर २६१६.९७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३० अंक घटेर २६१४.६६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६८ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४० स्टकको ४९ पटकको कारोबारमा ५ लाख ७४ हजार ५०८ रुपैयाँबराबरको १ हजार १५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।