जलविद्युत कम्पनीहरूको पछिल्लाे नतिजा : इपीएसमा साहस ऊर्जा र माउन्टेन इनर्जी अग्रपंक्तिमा, अरुकाे कति? (सूचीसहित)

Feb 23, 2026 06:03 AM MeroLagani



नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमध्ये केही कम्पनीहरुको प्रति शेयर आम्दानी २० भन्दा माथि देखिएको छ । केही वर्ष अगाडिसम्म लाभांश दिन नसक्ने कम्पनीमा गणना हुने हाइड्रोपावर कम्पनीहरु अहिले केही न केही लाभांश दिन सक्ने हैसियतमा देखिएका छन् ।

हाइड्रोपावर कम्पनीहरुको नाफा बढ्नुमा पछिल्लो समय विशेषगरी बैंकिङ प्रणालीमा देखिएको उच्च तरलतासँगै घटेको निक्षेपको ब्याज दरले गर्दा घटेको ऋणको ब्याज दरलाई प्रमुख रुपमा लिने गरिएको छ । हाइड्रोपावर कम्पनीको स्वपुँजी भन्दा ऋणको अंश ठूलो हुने गर्दछ । सोही ऋणको ब्याज दर घट्दा पछिल्लो समय धेरै हाइड्रोपावर कम्पनी नाफामा देखिनुका साथै प्रति शेयर आम्दानी समेत बढ्न थालेको छ । चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यहाँ प्रति शेयर आम्दानी २० भन्दा माथि रहेका १३ वटा हाइड्रोपावर कम्पनी प्रस्तुत गरिएको छ ।

राधी विद्युत कम्पनीले प्रति शेयर अम्दानी गत वर्षको दोस्रो त्रैमासको ६.८९ रुपैयाँबाट ३२.४६ मा पुर्याउँदै ३७१ प्रतिशतको वृद्धि हासिल गरेको छ। यो नतिजा जलविद्युत क्षेत्रमा हालसम्मकै उल्लेखनीय छ। कम्पनीले उत्पादन क्षमता विस्तार, सञ्चालन दक्षता र बजारमा विद्युत बिक्री बढाउन सफल भएको अनुमान गरिएको छ। सुपर माइ हाइड्रोपावको प्रति शेयर आम्दानी १३.२४ बाट २५.७६ मा पुर्याउँदै ९४.५६ प्रतिशत वृद्धि देखाएको छ। यसले कम्पनीको वित्तीय स्वास्थ्य मजबुत भएको संकेत गर्छ। स्वेत–गंगा हाइड्रोपावरको इपीएस १२.८८ बाट २० रुपैयाँमा पुगेको छ, जसले ५५.२८ प्रतिशत वृद्धि जनाउँछ।

साहस उर्जाको प्रति शेयर आम्दानी ३९.५७ रुपैयाँ पुगेको छ, अघिल्लो वर्षको तुलनामा ५.३५ प्रतिशतको वृद्धि देखिएको छ । अपर सोलु हाइड्रोको प्रति शेयर आम्दानी २१.२२ बाट २८.६९ रुपैयाँ पुगेको छ, जसले ३५.२ प्रतिशत वृद्धि देखाउँछ। ग्रीन भेन्चर्सले इपीएस २१.७७ बाट २७.१६ रुपैयाँमा पुर्याउँदै २४.७६ प्रतिशत वृद्धि देखाएको छ। यी कम्पनीहरूले स्थिरता र मध्यम सुधार देखाएका छन्।

तर, माउन्टेन इनर्जी नेपालको प्रति शेयर आम्दानी ३९.३५ बाट ३४.६७ मा झरेको छ, जसले ११.८९ प्रतिशत गिरावट जनाउँछ। नेपाल हाइड्रो डेभलपर्सको प्रति शेयर आम्दानी २२.३९ बाट २१.१५ रुपैयाँमा घटेको छ, जुन ५.५४ प्रतिशत गिरावट हो । माण्डु हाइड्रोपावर पनि २७.७३ बाट २६.८५ रुपैयाँ प्रति शेयर आम्दानी छ जुन ३.१७ प्रतिशतको गिरावट हो ।

प्रति शेयर आम्दानीमा आएको उछाल वा गिरावटले लगानीकर्तालाई कम्पनीको वित्तीय स्वास्थ्यबारे स्पष्ट संकेत दिन्छ। इपीएस बढ्नु भनेको कम्पनीले प्रति शेयर बढी आम्दानी गरेको हो, जसले लाभांश वितरणको सम्भावना बढाउँछ। इपीएस घट्नु भनेको कम्पनीको आम्दानीमा दबाब परेको संकेत हो। राधी, सुपर माइ र स्वेत–गंगा जस्ता कम्पनीहरू इपीएसमा भएको उल्लेखनीय वृद्धि देखाउँदै लगानीकर्ताका लागि आकर्षक अवसर बनेका छन् ।

नेपालमा जलविद्युत क्षेत्रलाई दीर्घकालीन ऊर्जा सुरक्षाको आधार मानिन्छ। सरकारले निजी क्षेत्रलाई जलविद्युतमा लगानी गर्न प्रोत्साहन गर्दै आएको छ। विद्युत निर्यातका सम्भावनाले पनि कम्पनीहरूको आम्दानीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। तर, उत्पादन लागत, ऋण व्यवस्थापन, मौसमीय जोखिम र बजार मूल्य निर्धारण जस्ता चुनौतीहरू अझै कायम छन्। प्रति शेयर आम्दानीमा आएको उतारचढाबले यी चुनौतीहरूको प्रत्यक्ष प्रभाव देखाउँछ।

समग्रमा हेर्दा जलविद्युत क्षेत्रले स्थिरता र दीर्घकालीन सम्भावना देखाएको छ। प्रति शेयर आम्दानीमा ठूलो उछाल देखाएका कम्पनीहरू लगानीकर्ताका लागि आकर्षक अवसर मानिन्छन् भने गिरावट देखिएका कम्पनीहरूले सञ्चालन दक्षता र वित्तीय व्यवस्थापनमा सुधार गर्नुपर्ने देखिन्छ।

नेटवर्थ पनि बढाउँदै हाइड्रोपावर

पछिल्लो समय प्रति शेयर आम्दानीसँगै कम्पनीले आफ्नो बुक भ्यालु पनि बढाउँदै लगेको छ । २० रुपैयाँ भन्दा बढी प्रति शेयर आम्दानी भएका अधिकांश कम्पनीहरुको नेटवर्थ (बुक भ्यालु) १ सय भन्दा माथि नै देखिएको छ। १३ वटा २० रुपैयाँ भन्दा बढी इपीएस भएको हाइड्रोपावरमा सबैभन्दा धेरै नेटवर्थ राधी विद्युतको रहेको छ ।

कम्पनीको नेटवर्थ १७१.०१ छ भने दोस्रो साहज ऊर्जा १७०.७२ रुपैयाँ छ भने मान्डु हाइड्रोपावर माउन्टेन इनर्जी नेपालको नेटवर्थ १४० देखि ५० को बीचमा छ । त्यस्तै अप्पर हेवाखोला, हिमालयन पावर पार्टनर, ग्रिन भेन्चर्स, सुपर माई हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको नेटवर्थ १ सय २० रुपैयाँ भन्दा माथि छ । त्यस्तै अप्पर सोलु हाइड्रो, मकर जितुमाया सुरी हाइड्रोपावर र सिक्लेसको नेटवर्थ ११० देखि २० को बीचमा छ । तर प्रति शेयर आम्दानी २० रुपैयाँ रहे पनि श्वेत गंगा हाइड्रोपावरको नेटवर्थ भने ८२.५३ पैसा मात्रै छ ।




सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Feb 18, 2026 10:52 AM

फागुन ६ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको हो ।