सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि आवेदन दिने म्याद थप

Dec 23, 2025 08:43 AM Merolagani



सिटिजन्स क्यापिटल लिमिटेडले पुस ४ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरेको छ।

सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनाको इकाई खरिदका लागि पुस १८ गतेसम्म म्याद थप गरिएको हो। यद्यपि, मागभन्दा बढी आवेदन परेमा पुस १८ गतेभन्दा अगाडि नै निष्काशन तथा बिक्री बन्द गरिने क्यापिटलले जनाएको छ।

सिटिजन्स क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्रीमा ल्याएको हो। जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबर्द्धक सिटिजन्स बैंक इन्टरनेशनलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सो योजनामा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

१० वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

इकाई निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कोष प्रबर्द्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस दिएको छ भने योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ।

यस योजनाले बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत संगठित संस्थाको धितोपत्र, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रहरुमा लगानी गर्न सक्नेछ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।