साढे ११ प्रतिशत बढ्यो वाणिज्य बैंकहरुको नाफा, कुन बैंकले कति कमाए?

Jan 29, 2026 09:26 AM Merolagani



वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकहरुले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

२० बैंकहरुमध्ये ११ बैंकको नाफा बढेसँगै समग्र नाफा साढे ११ प्रतिशत बढ्न पुगेको हो।

नबिल बैंकले कमायो सर्वाधिक नाफा

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा नबिल बैंक लिमिटेडले सबैभन्दा बढी नाफा कमाएको छ। सो बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७१ प्रतिशत बढी हो। त्यस्तै, सो अवधिसम्ममा ग्लोबल आइएमई बैंकले ३ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ भने कुमारी बैंकले २ अर्ब ७२ करोड रुपैयाँ र एभरेष्ट बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

पुस मसान्तसम्ममा लक्ष्मी सनराइज बैंक भने नोक्सानीमा रहेको छ। सो बैंकको खुद नाफा २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

सर्वाधिक नाफा बढाउने कुमारी बैंक

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कुमारी बैंकको नाफा सर्वाधिक ८८६.५० प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इम्पेरमेन्ट चार्जका कारण कम नाफा देखिएको यस बैंकको चालु आर्थिक वर्षको सोही अवधिमा सोही चार्ज घटेसँगै नाफामा उल्लेख्य सुधार देखिएको हो। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा २७ करोड ५७ लाख रुपैयाँ रहेको यस बैंकको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा नेपाल बैंकको नाफा १८३.०४ प्रतिशत बढेको छ भने सिद्धार्थ बैंकको १५०.२० प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १३२.०४ प्रतिशत बढेको छ। सिटिजन्स बैंकको खुद नाफा भने समीक्षा अवधिमा सर्वाधिक ४५.७८ प्रतिशत घटेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।