कम्पनीले महिन्द्रा भिजन एस अवधारणाअन्तर्गत बनाएको उक्त एसयूभी एक वर्षभित्र भारतीय बजारमा लन्च हुने जनाइएको छ ।

सन् २०२५ अगस्ट १५ मा भिजन टी, भिजन एस र भिजन एसएक्सटीसँगै प्रदर्शन गरिएको थियो । जहाँ भिजन एसलाई बेबी स्कार्पियो भनेर कम्पनीले प्रचार गरेको थियो । कम्पनीका अनुसार, भिजन एस अब आफ्नो परिक्षण चरणमा प्रवेश गरेको छ । उक्त एसयूभीको हालै सडकमा ‘ट्रायल टेस्ट’का रुपमा समेत परिक्षण गरिएको थियो ।
जसमा महिन्द्रको सिग्नेचर ग्रिल ठाडो रुपमा रहेको छ । एकीकृत एलईडी डीआरएलहरुसहितको गोलाकार हेडल्याम्पहरु छन् । परिक्षणयुक्त उक्त गाडीमा टेलगेट माउन्ट गरिएको स्पेयर ह्रील पनि छ । अन्य मुख्य आकर्षणहरुमा आयतकार फग ल्याम्प एसेम्बली, तल्लो ग्रिलमा एकीकृत राडार मोड्युल, स्पष्ट पाङ्ग्राहरु, फ्लश ढोका ह्यान्डलहरु, समतल ढोका प्यानलहरु, आयतकार पछाडिको क्वार्टर ग्लास, ठाडो रुपमा राखिएको टेलल्याम्पहरु र समतल छाना समावेश छन् ।
महिन्द्रा भिजन एस एसयूभीमा प्यानोरामिक सनरुफ प्रदान गर्नेछ । त्यस्तै, डुअल स्क्रिन सेटअप, नयाँ तीन स्पोक डुअल टोन स्टेयरिङ ह्रील, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, डुअल टोन ड्यासबोर्ड र ढोका ट्रिमहरु छन् ।
सुरुमा महिन्द्रा भिजन एस पेट्रोल र डिजेल इन्जिन विकल्पमा आउनेछ र त्यसपछि मात्र इलेक्ट्रिक संस्करणमा आउने कम्पनीले जनाएको छ । कम्पनीले यो एसयूभी लन्च गर्ने समय अहिलेसम्म सार्वजनिक गरेको भने छैन् । यद्यपी, उत्पादन तयार अवस्थामा रहेकाले यो एसयूभी आगामी सन् २०२७ भित्र भारतीय बजारमा आउने अपेक्षा गरिएको छ ।