वास्तवमा अहिले संसारमा जति पनि धनीहरु छन्,तिनीहरुमध्ये अधिकांश आफ्नै पौरखबाट धनी भएकाहरु छन् । अर्थात् ‘पैत्रिक धनी’ अर्थात बाबु बाजेबाट आर्जेको सम्पत्तिबाट धनी भएकाहरु विरलै मात्र छन् ।
वास्तवमा धनी मानिसहरु के गर्दा धनी हुन्छन् र अन्य मानिसहरु के गर्दा धनी बन्न सकिरहेका हुँदैनन् ? यसबारेमा हरेक वर्ष विश्वका धनीहरुको सूची प्रकाशित गर्ने विश्वविख्यात संचारमाध्यम फोर्ब्सले केही समय पहिले धनी व्यक्तिहरुले दैनिक गर्ने ६ वटा साझा कामहरुको चर्चा गर्दै एउटा आलेख प्रकाशित गरेको थियो । त्यही आलेखमा आधारित रहेर यहाँ धनी मानिसहरुले विहान उठेदेखि राती नसुत्दासम्म हरेक दिन गर्ने ७ वटा कामहरुको बारेमा चर्चा गरेको थियो । फोर्ब्सका अनुसार अर्बपतिहरु जुनसुकै देशका भएपनि उनीहरुले दैनिक ६ वटा यसरी गर्छन्ः
१. हरेक दिन पूजा गर्नु र ध्यान गर्नु
पूजा र ध्यानका तौरतरिका धर्मअनुसार फरक हुन सक्छन् । तर, हरेक धर्महरुमा भगवानको पूँजा र आफ्नो मानसिकता केन्द्रित गर्न ध्यान गर्ने गर्छन् । त्यसो त भगवानप्रति उनीहरुको आस्था निकै गहिरो हुन्छ, उनीहरु मौका मिलेसम्म भगवानको शरणमा पुग्छन् ।
२. कामको प्राथमिकताअनुसार रुटीन बनाएर चल्नु
सामान्य मानिसहरुले भोली वा आज के गर्छु भन्ने सोच्ने र ती कामहरु सम्पन्न गर्ने प्रयास त गर्छन, तर ती सबै सिमित मात्रामा गर्छन् । धनी मानिसहरु भने हरेक दिनको स-सानो कामलाई प्राथमिकताक्रम छुट्याएर अधिकतम मात्रामा त्यसबाट प्रतिफल लिने प्रयास गर्छन् । जस्तो कि विहानको खाजाको लागि कति समय दिने, क्लवमा कति बेला पुगेर कति बेला फर्किने, खाना कहाँ खाने र त्यसको लागि कति समय खर्च गर्ने ? कुनै विवाहलगायतका कार्यक्रमहरुमा जानु छ भने त्यसको लागि कति समय खर्च गर्ने, अफिसको स्टाफहरुसँग कतिबेला कति समयको लागि के विषयमा छलफल गर्ने ? व्यवसायिक मिटिङहरुको समयतालिका कसरी मिलाउने लगायतका हरेक कामहरु ‘रुटिनवद्धरुपमा’ चलाउँछन् । ‘अधिकांश धनीहरु बुलेट रेल जस्तै हुन्छन्, उनीहरु रफ्तारमा कुद्छन, तर लिकभन्दा अलिकति पनि तलमाथि गर्दैनन् ।’ फोर्ब्सको लागि सयौं धनीहरुको अन्तरवार्ता लिएका केभिन क्रुजले लेखेका छन् ।

३. विहानको समयलाई अधिकतम उपयोग
दिनको समयभन्दा विहानको समयमा गरिएका कामहरुमा एकाग्रता धेरै हुने र परिणाम पनि छिटो र शसक्त आउने दावी पूर्वीय दर्शनमा गरेको पाइन्छ । त्यो कुरालाई पश्चिमा देशका अर्बपतिहरुले राम्रोसँग मनन गरेको पाइन्छ । उनीहरु विहानको समयलाई अधिकतमरुपमा उपयोग गर्छन् । धेरै मानिसहरु धनीहरु राती अबेलासम्म पार्टीहरुमा बिताउने, बिहान ढिलो उठ्ने र उठेपछि कसरतको लागि क्लब जाने गर्छन् भन्ने सोच्छन्, जुन गलत हो । संसारका अर्बपतिहरुमध्ये सम्भवतः कोही पनि अबेलासम्म सुत्दैन, बरु उनीहरु बिहान सबेरै उठ्छन् र हरेक घण्टाको हिसाब गरेर काम गर्छन् ।
४. चुस्तदुरुस्त बैठक
धनीहरु कार्यालय वा बाहिरका कुनै पनि बैठकहरुमा अनावश्यक कुरा बोल्दैनन् । उनीहरु तयारीसहित बैठकमा उपस्थित हुन्छन् र छोटो छरितोरुपमा आफ्नो कुरा राख्छन् । उनीहरु वैठकलाई लम्बेतान लम्बाउने, एउटै विषयमा पटक पटक बैठक गर्ने कुरालाई ठाढै अस्वीकार गर्ने गर्छन् । अत्यधिक सफल धनी व्यक्तिहरूलाई थाहा छ कि बैठकहरू असक्षम समय बर्बाद गर्ने हुन्, र समय हाम्रो सबैभन्दा मूल्यवान स्रोत हो। यदि तपाईं कुनै टोलीको नेतृत्व गर्नुहुन्छ भने अन्तिम उपायको रूपमा सभाहरू बोलाउनुहोस् र हप्ताको कुनै निश्चित दिन वा हरेक दिन मध्याह्न हुनुअघि कुनै खास समयमा सभाहरूमा प्रतिबन्ध लगाउनुहोस् ।
५. इमेलको अत्यधिक प्रयोग र सामाजिक संजालको सावधानीपूर्वक प्रयोग
धनीहरुहरूले ईमेल (अचेल हवाट्सअप पनि) चेक गर्न पनि सावधानी अपनाउँछन् । किनकी बारम्बार इमेल वा ह्वाट्अप चेक गरिरहँदा अनावश्यक रुपमा समय खर्च हुन्छ । त्यहीकारण उनीहरु अति नै जरुरी सामाग्रीको आदान प्रदान गर्नु पर्ने अवस्थामा बाहेक इमेल र हवाट्सअप साँझ वा रातीको समयमा मात्र प्रयोग गर्छन् । जरुरी सूचनाहरु छुट्याएर प्राथमिकताक्रममा राखेर काम गर्छन् ।
सामाजिक संजालको प्रयोगमा त धनीहरु झनै बढी सावधानी अपनाउँछन् । उनीहरु सामाजिक संजालमा सक्रिय त रहन्छन्, त्यसको लागि प्रायःजसो यात्राको समयलाई उपयोग गर्छन् । आफूले मान्नु पर्ने व्यक्तिहरुका कुनै टिप्पणी तथा आफू र आफ्नो कम्पनीसँग सम्वन्धित आपत्तिजनक विषय वस्तुबाहेक अरु सन्दर्भमा कसैसँग पनि सवाल जवाफ गर्दैनन् ।
६. रातीको खाना घरमै
सामान्य मानिसहरु धनीहरुको रात पार्टी र मोजमस्तीमा वित्ने र उनीहरुले रातीको ‘डिनर’ घर बाहिर नै गर्ने सोच्छन् । हो, धनीहरु हरेक रात कुनै न कुनै पार्टीमा पुग्नु पर्छ, कहिले काँहि त एकै रात ४,५ वटा पार्टीमा पनि । तर, उनीहरु पार्टीमा निकै सोंच विचार गरेर मात्र खान्छन् र अधिकांशले ‘डिनर’ घरमै परिवारसँग बसेर खान्छन् ।
७. सुत्ने समय
भनिन्छ, नियमित सुताई र मस्त निद्रा दीर्घ जीवनको रहस्य हुन् । त्यसैले अधिकांश धनीहरु दैनिकरुपमा एउटा निश्चित समयमा सुतिसक्छन् र विहानको उठाइ पनि उनीहरुको लगभग एउटै समयमा हुन्छ । नियमित सुत्ने र उठ्ने कुरालाई उनीहरुले जीवनकै महत्वपूर्ण पाटोकोरुपमा लिएका हुन्छन् ।