प्रि ओपन सेसन अपडेटः करिब ७ अंक बढ्यो नेप्से

Dec 29, 2025 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ४७.५५ अंक बढेर २६३३.४२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.७४ अंक बढेर २६४०.१६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.४२ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ६८ स्टकको १०७ पटकको कारोबारमा ४ करोड ६६ लाख ४७ हजार ७०६ रुपैयाँ ७० पैसाबराबरको ७३ हजार ४७१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।