प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

Dec 17, 2025 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८.३७ अंक बढेर २६१९.९९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३३ अंक बढेर २६२२.३२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५८ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५० स्टकको ७० पटकको कारोबारमा ११ लाख १६ हजार ९१५ रुपैयाँ ९९ पैसाबराबरको १ हजार ६०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।