प्रि ओपन सेसन अपडेटः झिनो अंक बढ्यो नेप्से

Jan 05, 2026 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १०.२९ अंक घटेर २६१०.६३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०१ अंक बढेर २६१०.६४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ४३ स्टकको ९८ पटकको कारोबारमा १ करोड २७ लाख ९४ हजार ४० रुपैयाँ ९० पैसाबराबरको १७ हजार ३५९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।