प्रि ओपन सेसन अपडेटः २ अंक घट्यो नेप्से

Jan 08, 2026 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १३.३५ अंक घटेर २६३५.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०७ अंक घटेर २६३३.८७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३१ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४८ स्टकको ९८ पटकको कारोबारमा २ करोड ४६ लाख ८५ हजार ८३९ रुपैयाँ ५० पैसाबराबरको ४३ हजार ६१४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।