शेयर बजारमा लगातार ३ दिन बिदा, अब सोमबार मात्र खुल्ने

Jan 08, 2026 04:41 PM merolagani



शेयर बजारमा अब लगातार तीन दिन कारोबार नहुने भएको छ। साप्ताहिक बिदा र सरकारले दिएको सार्वजनिक बिदाका कारण शेयर बजार आगामी सोमबार मात्रै खुल्ने भएको हो। 

साताको अन्तिम कारोबार दिन बिहीबारको कारोबार सकिएसँगै अब आगामी सोमबार मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नियमित कारोबार सुचारु हुनेछ।

भोलि शुक्रवार (पुस २५ गते) शेयर बजार नखुल्ने र पर्सि शनिवार (पुस २६ गते) साप्ताहिक बिदा परेकाले बजार बन्द रहनेछ। त्यसैगरी, आउँदो आइतबार पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सो दिन पनि शेयर बजारमा कुनै कारोबार हुने छैन। यसअनुसार लगानीकर्ताहरूले अब तीन दिनको बिदापछि अर्थात् आगामी सोमबार पुस २८ गते बिहान ११ बजेदेखि मात्रै शेयर खरिद-बिक्री गर्न पाउनेछन्।

बिदाका कारण शेयर बजारसँगै बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू समेत आइतबारसम्म बन्द रहने भएकाले बजारमा हुने राफसाफका कामहरू पनि सोमबारपछि मात्रै प्रक्रियामा जानेछन्। साताको अन्तिम दिन बिहीबारको बजार परिसूचक र कारोबार रकमको प्रभाव अब सोमबार खुल्ने बजारमा देखिने छ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।