सुनको मूल्य ताेलामा २ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड बनायाे, चाँदी ५,८१० रुपैयाँ पुग्याे

Jan 20, 2026 11:09 AM Merolagani



माघ ६ गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले र चाँदी तोलामा ७० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

 

यस दिन चाँदीको मूल्य भने तोलामा ७० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी तोला ५ हजार ८८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्यले यस भन्दा पहिलेको ५ हजार ८१० रुपैयाँको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो । सोमबारको बजारमा कायम मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो । 




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।