यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिएका साहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताए । झापा–५ लाई राष्ट्रिय राजनीतिको चर्चाको केन्द्र बनाएको यो क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शाहको प्रत्यक्ष भिडन्त हुने पक्का भएको छ ।
ओलीले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदै छन् । दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रश्तुत गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिष्पर्धाको केन्द्र बनेको छ ।