पृथ्वीनारायण शाहबाट प्रेरणा लिएर तेस्राे पटक काठमाडौं १ मा उम्मेदवारी दिएको छुः रविन्द्र मिश्र

Jan 20, 2026 01:34 PM merolagani



राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफू आगामी निर्वाचनमा विजयी हुने दाबी गरेका छन् । मंगलवार काठमाडौंको क्षेत्र नम्बर १ मा उम्मेदवारी मनोनयनका लागि पुगेका उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण गरेको उल्लेख गर्दै आफू सोही पथमा हिँडेको र देश बचाउने र बनाउने दुवै संकल्प लिएको बताए । उनले काठमाडौंका जनताले आफूलाई गर्व गर्न लायक हुने गरी आगामी निर्वाचनमा विजयी गराउनेमा विश्वस्त रहेको जिकिर समेत गरे । यस अघि सो क्षेत्रमा झिनो मतान्तरले हार व्यहोर्नु परेपनि आगामी निर्वाचनमा जनताले आफूलाई गर्व गर्न लायक सांसद बनाउने बताए ।

उनले भने,‘मैले यो पटक पृथ्वीनारायण शाहबाट प्रेरणा लिएका छु । उहाँले तेस्रो पटक काठमाडौं विजय गरे । मैले तेस्रो पटक काठमाडौं क्षेत्र नम्बर १ मा विजय हासिल गर्ने हो । पृथ्वीनारायण शाहले देशको निर्माण गरे । देशको गौरव बने । म पृथ्वीनारायण शाहले निर्माण गरेको पृथ्वीपथमा हिँडेर यो देशलाई बनाउन र बचाउन अग्रसर हुने हो । यो क्षेत्रका जनताले म सांसद हुँदाखेरी सबै भन्दा बढी गर्व गर्न योग्य सांसद बनाउँनेछन भन्ने कुरामा म ढुक्क छु ।’

त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष मिश्रले मुलुकलाई संकटबाट जोगाउन राजसंस्थासहितको शासन व्यवस्था आवश्यक रहेको अडान पनि राखे ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।