फागुन २१ का १६ ‘हटस्पट’हरु, जसले थप्दैछ चुनावी रौनकता

Jan 21, 2026 11:16 AM mero lagani



फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मंगलबार उम्मेदवारी दर्ता भयो । चुनावमा हरेक निर्वाचन क्षेत्रको प्रतिस्पर्धा रोचक हुनु त स्वभाविक नै हो, तर केही यस्ता क्षेत्रहरु छन्, जस्ले यो चुनावलाई साँच्चैको रोमान्चक बनाएका छन् । ती क्षेत्रहरु हुन् 

‘ट्रिपल डोज’ झापा २, झापा ५ र देउवा विनाको डडेल्धुरा

सुदूर पूर्वको झापा र सुदूर पश्चिमको डडेल्धुरा नेपालमा २०४७ साल यताका हरेक निर्वाचनमा ‘हटस्पट’ बन्दै आएका थिए । झापा एमालेको किल्ला र डडेल्धुरा कांग्रेसको किल्लाको रुपमा चिनिदैँ आएका छन् ।

तर, यसपटक डडेल्धुराबाट लगातार चुनाव जित्दै आएका कांग्रेसका शेरबहादुर देउवाले टिकट नै पाएनन् । उनको स्थानमा नैनसिंह महर उम्मेदवार भएका छन् । यस्ले गर्दा डडेल्धुराको चुनावी ‘चार्म’ घटेको छ ।

उता सधै चर्चाको केन्द्रमा रहने झापा भने यसपटक देशभित्र मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत चर्चाको केन्द्रमा छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको गृह क्षेत्र झापा ५ बाट उनलाई चुनौति दिँदै रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा-५ उम्मेदवारी दर्ता गरिएपछि देश विदेशको राजनीति गर्माएको छ ।

झापाको क्षेत्र नं २ अर्काे ‘हटस्पट’ हो, जहाँ निवर्तमान सभामुख देवराज घिमिरे र रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा राना नै आमनेसामने भएका छन्। एमालेका तर्फबाट घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राना चुनावी मैदानमा उत्रिएपछि यहाँको प्रतिस्पर्धा पेचिलो बनेको हो ।

यही क्षेत्रबाट राप्रपाबाट अधिवक्ता स्वागत (भद्र) नेपाल र स्वतन्त्ररुपमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला पनि उम्मेदवार बनेका छन् । २०७९ को निर्वाचनमा घिमिरेले २८ हजार ७१६ मत ल्याएर जित्दा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपालले २६ हजार ४५५ मत ल्याएर कडा चुनौती दिएका थिए।

भक्तपुर २ः दुई युवा नेताको भिडन्त

भक्तपुर २ मा नेकपा एमालेका सचिव महेश बस्नेतले उम्मेदवार बनेका छन् यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रामप्रसाद सापकोटा दीपशिखा पनि उम्मेदवार बनेका छन भने रास्वपाबाट राजीव खत्री र नेपाली कांग्रेसबाट पत्रकार कविर राणा उम्मेदवार बनेका छन् । 

उता रोल्पामा नेकपाबाट वर्षमान पुनले उम्मेदवारी दर्ता गराएका छन् भने आजै मन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

रौतहट १ पूर्व प्रधानमन्त्रीलाई पार्टी फेरेर टिकट लिएका पूर्वमन्त्रीको चुनौती

पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव नेपालको गृह क्षेत्र रौतहट १ पनि चुनावी ‘हटस्पट’ बनेको छ ।

 

२०७४ मा यसै क्षेत्र बाटै निर्वाचित भएका पूर्व उद्योगमन्त्री अनिल झाले मनोनयको पूर्व सन्ध्यामा पार्टीलाई नेपाली कांग्रेसमा विलय गराउँदै उम्मेदवार बनेपछि यहाँको चुनावि भिडन्त रोचक मोडमा पुगेको छ ।

काठमाडौं १ रविन्द्र मिश्र हारको ह्याट्रिकबाट बच्ने प्रयास

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र यसपालि पनि काठमाडौं-१ बाटै चुनाव लड्ने भएका छन्। रवीन्द्र मिश्र अघिल्लो दुवै निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका थिए । तर, यस पटक सिंहले टिकट नै पाएनन् र उनको ठाउँमा प्रवल थापा नेपाली कांग्रेसका उम्मेदवार बनेका छन् ।

एमालेले मोहन रेग्मीलाई उम्मेदवार बनाएको छ। रास्वपाबाट रञ्जु दर्शना र नेपाली कम्युनिस्ट पार्टीले मेनका भण्डारीलाई उम्मेदवार बनाएको छ।

काठमाडौं ५ हेभिवेट हरु बीच दोस्रो भिडन्त

नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ मा महामन्त्री प्रदीप पौडेल उम्मेदवार बनेका छन् । यहाँ उनको भिडन्त एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलसँग हुनेछ । अघिल्लो निर्वाचनमा पौडेलले पाेखरेललाई हराएका थिए भने २०७४ को आम निर्वाचनमा पाेखरेलले कांग्रेसका डा. प्रकाश शरण महतलाई हराएका थिए ।

काठमाडौं ३ कुलमानको अग्नी परिक्षा

काठमाडौं क्षेत्र नम्बर ३ बाट काठमाडौं महानगर पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गराएका हुन् । यही क्षेत्रबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र एमालेबाट पूर्व सांसद रामेश्वर फुंयाल पनि उम्मेद्वार बनेका छन् । यो क्षेत्रको परिणामले भरखरै पार्टी खोलेका घिसिङको राजनीतिक भविश्य निर्धारण गर्ने विश्वास गरिएको छ ।

 दाङ २ एमाले महासचिवलाई शाख जोगाउने चुनौति

नेकपा एमालेका महासचिव शंकर पोखरेल, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, काँग्रेसका किरणकिशोर घिमिरे, नेकपाका निर्मल आचार्यबीच हुने प्रतिस्पर्धालाई रोचकरुपमा लिइएको छ । २०७९ को निर्वाचनमा उनी यही क्षेत्रबाट माओवादीकी रेखा शर्माले पोखरेललाई पराजित गरेकी थिइन । अहिले भने उनी स्वेच्छाले उम्मेदवार बनिनन् ।

एमालेमा टिकट वितरणमा एकलौटी गरेको भन्दै पोखरेल विरुद्ध कतिपय नेता कार्यकर्ताले आक्रोस व्यक्त गरिरहेकोले पनि उनलाई चुनाव जितेर देखाई दिनु पर्ने दबाब रहेको देखिन्छ ।

सुनसरी–१ हर्क साम्पाङले तताएको माहोल

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् ।राईले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । उनले निर्वाचन जित्लान्, नजित्लान तर उनको प्रचार शैलीले भने निकै चर्चा पाएको छ ।

गोरखा–२ डन भर्सेस पूर्व प्रधानमन्त्री

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट मिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दर्ता गराएका छन् । उनी डन मानिन्छन् ।

यहाँ उनको प्रतिस्पर्धा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा. बाबुराम भट्टराई र रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीसंग हुँदैछ ।

 सर्लाही २ पुराना ‘दुस्मन’ फेरि लड्दै

यसपटक पनि सर्लाही २मा मधेसका दुई चर्चित नेता महिन्द्र राय र राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरु दुवै जना एक अर्काको ‘दुस्मन’ नै मानिन्छन् । रायले नेकपाबाट र महतोले राष्ट्रिय मुक्ति पार्टीबाट सर्लाही २ मा दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

०७९ को निर्वाचनमा पनि सर्लाही २ मा राय र महतोबीच नै प्रतिस्पर्धा भएको थियो। त्यतिबेला महतो लोसपा र राय बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट प्रतिस्पर्धी बनेका थिए।

सर्लाही ४ गगन थापालाई अमरेसको चुनौति

नेपाली कांग्रेसका नव निर्वाचित सभापति गगन थापा सर्लाही ४ बाट चुनाव लड्ने भएपछि कांग्रेसका पुराना नेता डा.अमरेश कुमार सिंह दबाबमा परेका छन् । त्यहाँ उनीहरु दुई जनाको प्रतिस्पर्धा पनि रोचक हुनेछ ।

चितवन २ रविले ह्याट्रिक गर्न सक्लान् ?

चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, नेकपा प्रताप गुरुङ, नेकपा एमालेबाट युवा नेता अस्मिन घिमिरे, नेपाली कांग्रेसले अधिकारकर्मी मीना खरेल उम्मेदवार बनेका छन् । २०७९ यता भएका दुई निर्वाचनमा लामिछानेले अत्यधिक मतले जितेका थिए । तीन वर्षको अवधिमा उनलाई जितको ह्याट्रिक गर्ने अवसर छ । उनी प्रतिको जनताको आकर्षण रहे पनि सहकारी ठगी प्रकरणको उल्झनको कारण उनले उम्मेदवारी दर्ता समेत वारिसमार्फत गर्नु पर्यो । त्यसले गर्दा उनले साँच्चै जित्लान् ? त्यसको लागि भने चुनावी परिणाम कुर्नै पर्छ ।

चितवन ३ दुई ‘चेली’ले थपेको रोमान्चकता

चितवन क्षेत्र नं ३ मा नेकपाबाट रेनु दाहालले उमेदवारी दर्ता गरेकी छन् । यहाँ उनको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतमले उमेदवार मनोनयन दर्ता गर्ने भएकी छन् ।

यस्तै, नेकपा एमालेबाट शंकरराज थपलिया उमेदवार बनेका छन् ।

रुपन्देही– २ मा दुई पौडेलको भिडन्त

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

पौडेलले यो क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन् । यसपटक उनी पाल्पा क्षेत्र नं २ बाट उठ्ने चर्चा चले पनि कार्यकर्ताको विरोधको कारण रोकिएका थिए, यस क्षेत्रबाट नेपाली कांग्रेसबाट उद्यमी चुन्नुप्रसाद पौडलले उम्मेदवारी दिएका छन् । राजनीतिका चर्चित खेलाडी एमाले उपाध्यक्ष पौडेल र सफल उद्यमी चुन्नुप्रसाद पौडेल बीचको प्रतिस्पर्धाले यस क्षेत्रलाई थप रोचक बनाएको छ । नेकपाबाट विगतमा लामो समय डा.बाबुराम भट्टराईकाे सहयोगी रहेका युवा नेता विश्वदिप पाण्डे उम्मेदवार भएका छन् ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।