माविलुङ्ग इनर्जीको ७५ हजार २३६ कित्ता शेयरको लकइन अवधि फागुन ८ मा सकिँदै

Jan 21, 2026 11:34 AM merolagani



माविलुङ्ग इनर्जी लिमिटेडको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन अवधि आगामी फागुन ८ गते समाप्त हुने भएको छ।

कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणका लागि शेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको शेयरको अवधि समाप्त हुन लागेको जानकारी दिएको हो। नेपाल धितोपत्र बोर्डको निर्देशन र स्वीकृति बमोजिम २०८२ फागुन ८ गते पश्चात् उक्त शेयरको लकइन अवधि सकिनेछ।

कम्पनीका अनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कुल ७५ हजार २३६ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो। शेयरहरूको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ।

लकइन अवधि समाप्त भएपछि यी शेयरहरू दोस्रो बजारमा सर्वसाधारण शेयर सरह कारोबारका लागि योग्य हुनेछन्। कम्पनीको शेयर रजिस्ट्रारको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्दै आएको छ।

माविलुङ्ग इनर्जीले यसअघि नेपाल धितोपत्र बोर्डबाट २०८२ असार १ मा शेयर निष्कासनको अनुमति पाएको थियो। लकइन अवधि समाप्त हुने विषयमा कम्पनीले सम्पूर्ण लगानीकर्ता तथा सरोकारवालाहरूलाई जानकारी गराएको छ।

 




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।