५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

Jan 21, 2026 06:12 PM merolagani



आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलनको आयोजना निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत ५ उजुरी दर्ता भएको जानकारी दिएको हो ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार भक्तपुर–२ मा दुई वटा र सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक/एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका हुन् । उनले निर्वाचन कार्यतालिकाअनुसार बिहीवार उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिए ।

उनले भने, ‘सुनसरी जिल्ला क्षेत्र नम्बर २, भक्तपुर जिल्ला क्षेत्र नम्बर २ दुई वटा र रौतहट जिल्ला क्षेत्र नम्बर १ र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एक÷एक गरी जम्मा ५ वटा उजुरी परेको छ । निर्वाचन कार्यतालिकाअनुसार भोलि उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ ।’

उनले माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिए । सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।