उच्च कार्यक्षमता, मजबुती र आकर्षक अफरलाई केन्द्रमा राखेर कम्पनीले यो फोन लन्च गरेको हो ।
फोन सार्वजनिकसँगै कम्पनीले विशेष प्रि-बुकिङ योजना पनि घोषणा गरेको छ । कम्पनीका अनुसार प्रि-बुकिङ गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशालीले ५८ लाख ९९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ‘दीपल एस०५’ विद्युतीय गाडी जित्ने अवसर पाउनेछन् ।
अनर एक्स नाइन डीको प्रि-बुकिङ २०२६ जनवरी २८ सम्म खुला रहनेछ । यस अवधिमा फोन बुक गर्ने प्रत्येक ग्राहकले १६ हजार रुपैयाँ मूल्य बराबरको ‘अनर च्वाइस वाच २ प्रो’ निःशुल्क प्राप्त गर्नेछन् ।

यसका अतिरिक्त, प्रि-बुकिङ ग्राहकलाई २० हजार रुपैयाँ बराबरको विशेष सेवा प्याकेज पनि प्रदान गरिने कम्पनीले जनाएको छ । उक्त प्याकेजमा एक वर्षसम्म स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट तथा पानीबाट भएको क्षतिको मर्मत सेवा समावेश गरिएको छ ।
नेपाली बजारमा अनर एक्स नाइन डी दुई भेरियन्टमा उपलब्ध हुनेछ । ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै १२ जीबी र्याम र २५६ जीबी स्टोरेज मूल्य ५९ हजार ९९९ रुपैयाँ छ ।
यो स्मार्टफोनमा ८३०० एमएएचको विशाल ब्याट्री र १०८ मेगापिक्सेलको हाई रेजोलुसन क्यामेरा रहेको छ । अर्को मुख्य विशेषता यसको मजबुती हो । यसमा २.५ मिटरको उचाइबाट खस्दा पनि नफुट्ने ‘ड्रप रेसिस्टेन्स’ क्षमता र धुलो तथा पानी प्रतिरोधी आईपी६९के रेटिङ रहेको छ ।
आधुनिक प्रविधि र मजबुती खोज्ने प्रयोगकर्ताहरूका लागि यो फोन उत्कृष्ट विकल्प हुने दाबी कम्पनीले गरेको छ । इच्छुक ग्राहकले देशभरका अनरका आधिकारिक शोरुम वा रिटेल स्टोरमा गई फोन प्रि-बुक गर्न सक्नेछन् ।