आगामी निर्वाचनका लागि भारतले दिएका १०६ वटा गाडी भन्सार छुट गरेर ल्याइँदै, ७९ वटा नेपाल भित्रिए, बाँकी कहिले ?

Jan 26, 2026 12:25 PM merolagani



आगामी २०८२ फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनका लागि भारतीय सरकारको सहायतामा उपलव्ध गराउने डबल–क्याब पिकअप गाडीहरु भन्सार छुटमा नेपाल भित्र्याइने भएको छ ।

सरकारकै नाममा आउने र निर्वाचन प्रयोजनका लागि भारतले सहयोगस्वरुप उपलव्ध गराएका केही गाडीहरु नेपाल भित्रिइसकेको गृह मन्त्रालयले जनाएको छ ।

पहिलो लटमा ७९ वटा गाडीहरु नेपाल आइसकेको र बाँकी ४० वटा गाडीहरु भन्सार प्रक्रिया पूरा गरेर आज-भोलिमा नै काठमाडौं आइपुग्ने गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले बताइन् । उनका अनुसार, पहिलो लटमा १२९ वटा गाडीहरु ल्याउन लागिएको हो । ‘पहिलो लटमा ७९ वटा गाडीहरु आइसकेका छन । बाँकी ४० वटा गाडीहरु भोलि (मंगलबार) सम्म काठमाडौं आइपुग्नेछन्,’ उनले मेरो लगानीसँग भनिन् ।

भारत सरकारले निर्वाचन प्रयोजनका लागि दिने ती गाडीहरु भन्सार छुट गरेर नै ल्याउन लागिएको उनको भनाइ छ । अर्थ मन्त्रालयको सहमतिमा भारतबाट ल्याउन लागिएका १०६ वटा गाडीको भन्सार छुट भइसकेको छ । नेपाल सरकारकै नाममा आउने र निर्वाचन प्रयोगका लागि प्रयोग हुने भएकाले पनि भन्सार छुट गरेर ल्याउन लागिएको अर्थ मन्त्रालका प्रवक्ता टंकप्रसाद पाण्डेले बताए ।

‘भारत सरकारले दिने ती गाडीहरु नेपाल सरकारकै नाममा आउने हो । निर्वाचनकै प्रयोजनका लागि ल्याउन लागिएको हो, त्यसकारण पनि भन्सार छुट गरेर ल्याउन लागिएको हो,’ उनले भने । हालसम्म १०६ वटा गाडीको लागि भन्सार छुट दिने गरी मन्त्रालयले सहमति दिइसकेको उनको भनाइ छ ।

सवै सवारी साधनहरु निर्वाचन सामग्री ढुवानी र तयारीका लागि नेपाल सरकारले माग गरेबमोजिम भारतले उपलव्ध गराउन लागेको हो । आगामी चुनावका लागि भारत सरकारले ६५० सवारी साधनहरु नेपाललाई उपलव्ध गराउने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता जनाएअनुरुपका सवारी साधनहरु आगामी हप्तामा चरणबद्ध रुपमा आउने जनाइएको छ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।