चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्षकाे जिम्मेवारी दिने मन्त्रिपरिषद् बैठककाे निर्णय

Jan 26, 2026 05:43 PM merolagani



सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई जिम्मेवारी दिएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो जिम्मेवारी दिएको हाे ।

पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिइन ।

अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय भएको सरकारका प्रवक्ता प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।