पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

Jan 27, 2026 12:44 PM merolagani



वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ । वीरगन्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा यसपालि सोही अवधिमा दुई अर्ब ७५ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरिएको हो ।

चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, गत आवको ६ महिनाको तुलनामा यसपालि सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र त्यसबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ ।

गत आवको ६ महिनामा ८७ अर्ब ३१ करोडको पेट्रोलियम पदार्थ आयात गरिँदा ३६ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

भन्सार कार्यालयका अनुसार, चालु आवको ६ महिनामा ४५ अर्ब ३८ करोडको डिजेल आयात गरिँदा १९ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

सोही अवधिमा २० अर्ब ९८ करोडको पेट्रोल आयात गरिँदा १३ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात गरिँदा दुई अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । रासस




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।