रोजगारीका लागि कोरिया जान नपाएको भन्दै इपीएस पीडितको प्रदर्शन जारी

Jan 27, 2026 02:16 PM merolagani



इपीएस उत्तिर्ण भइ रोजगारीका लागि कोरिया जान नपाएको भन्दै इपीएस पीडित युवाहरुले प्रदर्शन गरेका छन् ।

इपीएस शाखा ग्वार्कोको परिसरमा कोरियन भाषा उत्तिर्ण भइ रोष्टरमा नाम भएका युवाहरुले विगत केही दिनयता निरन्तर प्रदर्शन गरिरहेका छन् ।

मंगलबार पनि कोरिया जाने सपना बुनेका ती युवाहरुले ग्वार्कोस्थित शाखामा प्रदर्शन गरे । हाल १२ हजार युवाहरुले इपीएस पास गरेको भए पनि उनीहरुले अहिलेसम्म रोजगारीका लागि कोरिया जान पाएका छैनन् ।

इपीएस उत्तिर्ण युवाहरुले कोरिया जान पाउनुपर्ने र रोष्टरको अवधि बढाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।