यसअघि सन् २०२५ को दोस्रो छ महिनामा बैंकले लगातार तीन पटक ब्याजदर कटौती गरेको थियो । कमिटीले जारी गरेको विज्ञप्तिमा आर्थिक गतिविधिहरू ठोस गतिमा अगाडि बढिरहेको र बेरोजगारी दरमा स्थिरताका संकेतहरू देखिएको उल्लेख छ ।
यद्यपि, मुद्रास्फीति अझै केही उच्च रहेकाले ब्याजदरमा तत्कालै थप कटौती नगरिएको बैंकले जनाएको छ । भविष्यमा हुने ब्याजदर समायोजनहरू प्राप्त हुने आर्थिक तथ्याङ्क र विकसित परिदृश्यहरूको मूल्याङ्कनमा आधारित हुने बताइएको छ । समितिका १२ सदस्यमध्ये १० जना ब्याजदर स्थिर राख्ने पक्षमा थिए भने स्टेफन मिरान र क्रिस्टोफर वालरले ब्याजदरलाई २५ आधार बिन्दुले घटाउनुपर्ने भन्दै विपक्षमा मतदान गरेका थिए ।