बालेनकाे सामाजिक सञ्जालमा हल्लाखल्ला भएपनि ओली नै विजयी हुने : शंकर पोखरेल

Jan 30, 2026 03:08 PM merolagani



नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा निर्वाचनमा विजयी हुन कुनैपनि समस्या नरहेको दाबी गरेका छन् ।

 राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको सामाजिक सञ्जालमा हल्लाखल्ला भएपनि सो निर्वाचन क्षेत्रमा अध्यक्ष ओलीलाई जित्न समस्या नहुने उनकाे भनाइ छ । शुक्रवार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाता राजनीतिक रुपमा सचेत रहेकाले त्यहाँ लोकप्रियतावादको नाममा फस्ने कुनै सम्भावना रहेको पार्टीको निष्कर्ष रहेको बताए।

उनले राष्ट्रिय राजनीतिमा दाङको भुमिकालाई स्थापित गराउनका लागि पनि दाङका जनताले आफूलाई निर्वाचनमा विजयी गराउने विश्वास व्यक्त गरे । महासचिव पोखरेलले निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले पनि रोक्न नसक्ने जिकिर गरे । उनले काँग्रेससँग आफ्नो पार्टीको प्रतिष्पर्धा हुने पनि बताए ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।