आइतबार बिहानदेखि सर्वसाधारणका लागि निष्कासन गरिएको यस आईपीओमा प्रतिकित्ता शेयरको मूल्य १०० रुपैयाँ हुनुपर्नेमा भूलवश १० रुपैयाँ मात्र देखिएपछि मेरो शेयर एप र वेबसाइटबाट यसको विवरण हटाइएको थियो। बिक्री प्रबन्धक कुमारी क्यापिटलले सी-आस्वा प्रणालीमा डाटा प्रविष्ट गर्दा भएको उक्त मानवीय त्रुटिलाई सफ्टवेयरमार्फत सच्याएपछि लगानीकर्ताका लागि पुनः आवेदन दिने बाटो खुलेको हो।
सिडिएससीका अनुसार, "कुमारी क्यापिटलले प्रतिकित्ता १० रुपैयाँ कायम गरी निष्कासन खुला गरेपछि प्रणालीमा आएको त्रुटि सच्याउन केही समयका लागि आवेदन बन्द गरिएको थियो। अहिले उक्त त्रुटि सच्याई मूल्य १०० रुपैयाँ कायम गरिसकिएको छ र लगानीकर्ताले मेरो शेयरमार्फत सहजै आवेदन दिन सक्नेछन्।"
यसअघि मेरो शेयरमा 'No Record Found' देखिँदा लगानीकर्ताहरू अन्योलमा परेका थिए। बिक्री प्रबन्धकले सो त्रुटिप्रति क्षमा माग्दै समस्या समाधान भइसकेकाले ढुक्क भएर आवेदन दिन आग्रह गरेको छ।