बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेतको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइन शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितिमा उक्त लाइन सञ्चालनमा आएको हो । उक्त प्रसारण लाइन आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले २०७६ असार २२ गते सम्झौता गरी लिएको थियो ।
७० करोड रुपैयाँ लागत रहेको आयोजना बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएको तथा बाँकेकै वैजनाथ गाउँपालिका–१ गाभर, बाँनियाभारका स्थानीयवासीले अवरोध गरेपछि निर्माणको काम ४२ महिना रोकिएको थियो ।