नेप्सेसँगै कारोबार रकम घट्यो, नेप्से परिसूचक २७ सय तल

Feb 01, 2026 03:37 PM Merolagani



आईतवार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज साताको पहिलो कारोबार दिन नेप्से दाेहोरो अंकले घटेर २७ सय भन्दा तल्लो विन्दुमा झरेको हो ।

आईतवार नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स २.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंक घटेको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आईतवारको बजारमा २६० कम्पनीको २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर ९ अर्ब १० करोड ९४ लाख रुपैयाँमा कारोबार भए । गत बिहीबारको बजारमा १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आजको बजारमा सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनीमा मिथिला लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयर मूल्य ९.७० प्रतिशतले बढेको छ । त्यसैगरी, क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्सको शेयर ८.१९ प्रतिशतले बढेको हो । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रवा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.३४ प्रतिशतले घटेको छ ।

आईतबारको बजारमा आँखु खोला जलविद्युत कम्पनीको शेयर सर्वाधिक रुपैयाँको कारोबार भएको छ । यस कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको हो भने एसवाई प्यानल नेपालको ५३ करोड ६४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूह मध्ये व्यापार उपसमूहको परिसूचक मात्रै सामान्य अंकले बढेको छ । आजको बजारमा होटल तथा पर्यटन समूह १.७५ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक १.३६ प्रतिशतले घटेको छ । आईतवार कारोबार भएको आधारमा ४५ खर्ब २३ अर्ब ६३ करोड रुपैयाँ बजार पूँजीकरण कायम भएको छ ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।