सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि यो संख्या १४ प्रतिशतले बढी रहेको पर्यटन बोर्डले जनाएको छ ।