अघिल्लो कारोबार दिन अर्थात आईबार १९.८५ अंक घटेर २६९४.२० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२६ अंक बढेर २७३१.८५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १ लाख ६६ हजार ६९१ कित्ता शेयर १० करोड २८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ४७ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।