नेपाल चिया विकास निगमबाट उत्पादित “टोकला टि” ले तेश्रो मुलुकमा नेपाली झण्डालाई गर्वका साथ माथी उचाल्दै

Feb 02, 2026 11:54 AM Merolagani



नेपाली चिया उत्पादनको क्षेत्रमा अति लोकप्रियताका साथ “टोकला टि” ले १०० वर्ष भन्दा बढीको विरासत बोक्दै आएको छ ।

नेपालको सबै भन्दा ठूलो चिया उत्पादक-निर्यातकर्ताको रुपमा रहेको “टोकला टि” ले हालै सम्पन्न विश्वमा नै अग्रणी खाद्य तथा पेय पदार्थ प्रदर्शनी गल्फुड दुबई–२०२६ मा गौरवपूर्वक सहभागी जनाई, “टोकला टि” लाई नेपालमा उत्पादन हुने सबै भन्दा शुद्ध र उत्कृष्ट चियाको रुपमा विश्व रंगमंच प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।

विश्वका ९ भन्दा बढी देशहरुमा आफ्नो उपस्थिति स्थापित गरिसकेको, “टोकला टि” ले नेपाली हावापानीमा उत्पादित उच्च गुणस्तरको नेपाली चियाहरु अन्तराष्ट्रिय बजारमा निर्यात गर्दै, नेपालको गर्व, परम्परा र मौलिकतालाई विश्वभरी नै फैलाउँदै आएको छ । साथै नेपालमा नेपाली जनताहरुले उपभोग गरिरहेको चिया नै विश्वमा निर्यात भईरहेको छ ।

C7#

नेपाली चिया उद्योगलाई विश्वभरी नै फैलाउने दृष्टिकोण सहित “टोकला टि” ले आउँदा दिनहरुमा आफ्नो पहुँचलाई अझै विस्तार गरी, अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ र प्रभावकारी बनाउने लक्ष्यका साथ अगाडी बढ्ने नीति लिएको छ ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।